काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट पेस गरेका छन्।

बजेट भाषण गर्दै उनले उद्यम व्यवसायलाई राहत दिन करको दरमा वृहत पुनरावलोकन गरिएको बताएका छन् । उनले आयकरको सीमा १० लाख पुर्याइएको र अधिकतम दरलाई १० प्रतिशत बिन्दूले घटाइएको बताएका छन् । 

मन्त्रिपरिषद् बैठकबाट स्वीकृति भएको बजेट अर्थमन्त्री वाग्लेले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् ।