आफ्नो पहिलो राजनीतिक सभामा सहभागी भए बालेन शाह
खबर एक्सप्रेस
२०८२-१०-०६ ०४:१४ मा प्रकाशित
Total Shares: 24
जनकपुर - रास्वपाका वरिष्ठ नेता बालेन शाहले जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरु गरेका छन्।
उनी फागुन २१ गते हुने निर्वाचन झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार हुँदैछन्।
झापा जानुअघि जनकपुरधामको तरहुतियागाछीमा एक कार्यक्रम आयोजित गदै उनले मधेस प्रदेशबाट आफ्नो चुनावी यात्रा सुरु गरेका हुन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार उनले राजीनामा दिएर जनकपुरधाम गएका थिए।
उनले आज बिहानै जानकी मन्दिर पुगेर पूजा गरेका थिए। त्यसपछि सिरहाको लहान पुगेर मधेस आन्दोलनका सहिदको शालिकमा माल्यार्पण समेत गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस