काठमाडौं - राष्ट्रियसभामा मनोनित गर्न सरकारले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गरेको छ ।

गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिफारिस गरेको गौतमको नाम बुधबार मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राष्ट्रपतिसमक्ष पठाएको हो ।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेपछि मात्र सांसदको सपथ लिन पाउनेछन्।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । त्यही सिटमा वामदेव गौतमलाई मनोनीत गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।