काठमाडौं - अमेरिकामा कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि अमेरिकी दूतावासले डाइभर्सिटी भिसा ९डिभी० तथा गैरआप्रवासी भिसाको नियमित प्रक्रिया रद्द गरेको जनाएको छ ।

कोरोना कारण अमेरिकामा पनि महासंकट आइलागेपछि चैत ४ गते देखि लागू हुने गरी अमेरिकी दूतावासले भिसा नदिने भएको हो । 

दूतावासले भनेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।

अमेरिकामा हालसम्म कोरोना भाइसरका कारण ६९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै झण्डै चार हजार जना यो भाइरसबाट संक्रमित भएका छन् ।