काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक जारी रहेको हो। null

पार्टीका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा भेला तथा अधिवेशनको तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनको कारबाही, केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल हुनेछ।

बैठकमा सरकारका नीति तथा कार्यक्रममा समावेश गर्ने विषयवस्तु पनि छलफल हुने बताइएको छ। सचिवालय बैठकमा रास्वपाका वरिष्ठ नेता बालेन शाह भने सहभागी हुने गरेका छैनन्।