बग्दादीकी श्रीमती पनि पक्राउ
खबर एक्सप्रेस
२०७६-०७-२१ ११:०० मा प्रकाशित
Total Shares: 694
काठमाडौं – इस्लामिक स्टेट (आइसिस)का तत्कालीन प्रमुख अबु बकर अल बग्दादीकी श्रीमती पनि पक्राउ परेकी छन्।
उनलाई पक्राउ गरी टर्कीको हिरासतमा राखिएका राष्ट्रपति रेसेप तय्यिप एन्दोर्गनले अंकारा विश्वविद्यालयमा बोल्दै जानकारी दिए।
यसअघि गत सोमबार बग्दादीकी दिदी, उनका श्रीमान् र बुहारीलाई पक्राउ गरिएको थियो। बग्दादीकी श्रीमती कहाँबाट कसरी पक्राउ गरियो भन्ने बारेमा भने राष्ट्रपति रेसेपले कुनै जानकारी जानकारी दिएनन्।
बग्दादी शनिबार २६ अक्टोबरमा अमेरिकी सेनाद्वारा मारिएका थिए। आइसिसले बग्दादीको मृत्यु भएको स्वीकार गर्दै नयाँ प्रमुख समेत चुनिसकेको छ।
फेसबुक पेज Like गर्नुहोस