हिरासतबाट भागेका सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ
काठमाडौं - काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीका आरोपी ज्ञानबहादुर बमजन पक्राउ परेका छन् ।
सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
उनी स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा हिरासतमा थिए । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका थिए । यसअघि सूर्यदर्शन सहकारी ठगीको कसुरमा समेत जोडिएका थिए ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग थियो। गत भादौ ८ गते उनलाई कास्की जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्य योजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस