काठमाडौं-सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्समा सम्पन्न भएको छ ।

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम श्री कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने पारित गरेको छ  । सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज. व. राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्री श्रीमान कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।