बाढीपछि केरुङमा रोकिएका नेपालीलाई आज स्वदेश ल्याइँदै
खबर एक्सप्रेस
७ घण्टा अगाडि
Total Shares: 11
काठमाडौं-बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन् ।
नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो ।
गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।
नेपाल फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन् । बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्याउने छ ।
फेसबुक पेज Like गर्नुहोस