काठमाडौं - नेपाल भ्रमण वर्षको प्रचार-प्रसारका लागि सिड्नीमा आयोजित र्यालीलाई त्यहाँको प्रहरीले रोक लगाएको भन्ने समाचारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खण्डन गरेका छन् ।
मौन जुलुसमार्फत पर्यटन प्रवर्द्धन गरिएको जानकारी गराउँदै मन्त्री भट्टराईले मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रको सम्बन्धमा खलल पुग्ने गरी समाचार आएको समेत आरोप लगाएका छन् ।


.gif)


