यी हुन् आगामी निर्वाचनमा दलहरूका चुनाव चिह्न
काठमाडौं - निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगमा १२० राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ ।
१२ राजनीतिक दलले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कुल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ ।
आयोगमा कुल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् ।
आयोगले प्रदान गरेका चिह्नहरूमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी रहेका छन् ।



.gif)



फेसबुक पेज Like गर्नुहोस