कोरियामा कामदार पठाउने सरकारको निर्णय
खबर एक्सप्रेस
२०७७-०१-१४ ०८:४९ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - नेपाली कामदारलाई ईपीएस अन्तर्गत दक्षिण कोरिया जाने बाटो खुलेको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सहमति र समझदारी कामदार पठाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए। ‘आपसी सहमति र समझदारीमा कामदारलाई ईपीएस अन्तर्गत दक्षिण कोरिया लैजाने निर्णय भएको छ,’ उनले भने।यद्यपि, अन्य देशमा देशमा कामदार पठाउन रोक लगाइएको यसअघिको निर्णयलाई यथावत राखिएको छ।
फेसबुक पेज Like गर्नुहोस