काठमाडौं- नेपाली कांग्रेसका नयाँ सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्। मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले थापालाई सर्लाही–४ मा उम्मेदवार बनाउने निर्णय गरेको हो। यस निर्णयसँगै थापा पहिलोपटक मधेस क्षेत्रबाट चुनावी मैदानमा उतर्ने भएका हुन्। थापा अघिल्ला निर्वाचनमा काठमाडौँ–४ बाट २०७०, २०७४ र २०७९ मा निर्वाचित भएका थिए। हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापा पूर्वस्वास्थ्य मन्त्रीसमेत हुन्।
गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने
खबर एक्सप्रेस
माघ ७, २०८२
४८


.gif)


