काठमाडौं - सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक लाई  पुनः नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले पाठक लाई थप एक कार्यकालको लागि पुनः नियुक्ति गरेको हो 

दोस्रो कार्यकलको लागि पुन नियुक्त भएसंगै उनले आजैबाट कार्यकाल सम्हालेका छन ।

अघिल्लो कार्यकालमा पाठकले संस्थानमा उल्लेख्य सुधार गरेका थिए ।