जेनजी आन्दोलनका कारण यूएईले बन्द गर्यो वर्किङ र भिजिट भिसा
काठमाडौं - वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि नयाँ भिसा बन्द भएको छ ।
यूएईले सोमबारदेखि नेपाली नागरिकका लागि वर्किङ भिसा मात्र होइन, भिजिट भिसा पनि रोक्ने निर्णय गरेको हो ।
नेपालमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट र कैदी पलायनको सुरक्षाजन्य प्रभावका कारण यूएईले अस्थायी रोक लगाएको बताइएको छ । यसले विदेश रोजगारीमा निर्भर लाखौं नेपाली युवामा ठूलो निराशा ल्याएको छ ।
दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा आवेदन दिन नसकिएको र पहिले स्वीकृत भएका भिसासमेत रद्द हुन थालेको बताएका छन् । यस्तै, दक्षिण कोरियाले पनि ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक लिन नसक्ने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस