अदालतमा महराको बयान सकियो, थुनछेक बहस बुधबार हुने
खबर एक्सप्रेस
२०८२-०६-२८ ०६:२६ मा प्रकाशित
Total Shares: 52
काठमाडौं - सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम पूर्वसभामुख कृष्णबहादुर महाराको मुद्दा हेर्दाहेर्दैमा गएको छ ।
जिल्ला अदालत काठमाडौंमा सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी बुधबारसम्मका लागि हेर्दाहेर्दैमा गएको हो ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले दिएको जानकारी अनुसार मंगलबार महरासँग बयान लिने काम सकिएको छ ।
महराविरुद्धको रिट निवेदनमा भोलि थुनछेक बहस हुनेछ । अभियोजनमा उल्लेख भएको बयान अनुसार उनले सुन तस्करीका मुख्य अभियुक्त भनिएका चिनियाँ नागरिकसँग पुरानो चिनजानको आधारमा सहयोगमात्र गरेको, तर नियतवश फसाउन खोजिएको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस