काठमाडौं - नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बसेको आकस्मिक स्थायी समिति बैठकले पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको आरोपमा नेपाल-खनालसहितका सांसदमाथि कारवाही गर्ने निर्णय गरेको हो । उनीहरुलाई स्पष्टीकरणका लागि सोमबार बिहानसम्म समय तोकिएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार १४९ सांसद्को हस्ताक्षर लिएर प्रधानमन्त्री पदमा दाबी गरेका थिए । जसमा कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेकै नेपाल-खनाल पक्षका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन गरेका थिए । 

 यी हुन् स्पष्टीकरण सोधिएका सांसदहरु-

१-झलनाथ खनाल

२- माधवकुमार नेपाल

३- भीमवहादुर रावल

४- मुकुन्द न्यौपाने

५- रामकुमारी झाँक्री

६- सरला यादव

७- पुष्पाकुमारी कर्ण

८- कलिला खान

९- निरादेवी जैरु

१०- लक्ष्मी कुमारी चौधरी

११- कल्याणी खड्का