काठमाडौं - आज बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भरतपुर लैजान लागिएको छ ।

रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान जान नसक्दा सभापति लामिछाने काठमाडौंमै रोकिएका थिए।

बिहान ७:५५ बजेको फस्ट फ्लाइट भए पनि अहिलेसम्म उडान भएको थिएन ।

लामो प्रतिक्षापछि पनि मौसम नखुलेपछि लामिछानेलाई भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्याइने तयारी भएको रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए ।

बिहीबार उच्च अदालत बुटवलले लामिछानेलाई २ करोड ७४ लाख बैंक बराबरको ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो।

रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् । सोहि प्रक्रियाका लागी लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका हुन् ।