काठमाडौं - नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायपालिकाका सन्दर्भमा उल्लेख गरेको विषयलाई लिएर बार एसोसिएसनले असन्तुष्टिजनाएको हो ।

आयोगले आफ्नो क्षेत्राधिकार बाहिर गएर प्रतिवेदनमा अनर्गल विषय उल्लेख गरेको भन्दै बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ । 

स्रोतका अनुसार, दिउँसो साढे १ बजे सल्लाहकारसहित बार कार्यसमितिको आकस्मिक बैठक बस्दैछ भने त्यसलगत्तै नेपाल बारको संवैधानिक समितिको बैठक पनि बस्ने भएको छ ।

'सर्वसाधारणको न्यायमा पहुँच नहुनु, नेपाली नागरिकले सुलभ तरिकाले न्याय पाउन सक्ने स्थिति छैन भनिन्छ । पहुँच र पैसा नहुनेका लागि न्याय धेरै टाढाको विषय भएको छ । पक्षको तर्फबाट बहस गर्नुपर्ने वकिल त यति खर्चिला छन् की साधारण निवेदन लेखिदिएको मात्र पनि हजारौँ असूल गर्दछन्,' कार्की आयोगको प्रतिवेदनमा भनिएको छ । 

उक्त प्रतिवेदनमा न्यायपालिकाप्रति अनास्था जगाउने र भाँडभैलो मच्चाउने उद्देश्य राखिएको बारको प्रारम्भिक बुझाइ छ ।  सोहि विषयमा कानुन व्यवसायीबीच गम्भीर छलफल गर्न बैठक डाकिएको हो ।