काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २ जना र  मलेसिया १ जनाको  निधन भएको हो ।   

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २०देशमा  ३ सय १७ पुगेको  छ ।   

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।   

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, युके, भारत, युएईमा  रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।   

यस्तै कोरोना भाइरसका कारण नेपालमा १हजार ९ सय १२ जनाको निधनभएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार १ सय ५९ छ भने  २ लाख ५७ हजार २ सय २९ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।   

करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई  छुट्टै  राहत 

गैरआवासीय नेपाली संघ ९एनआरएनए० र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा कोभिड १९  को विश्वव्यापी प्रभाव  पछि १ लाख ८६ हजार ६६ जना  नेपालीको उद्धार गरिएको छ ।  गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा। बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन  गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।   

विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट,  अदालती जरिवाना, उद्धार तथा राहत दिइएको   गैरआवासीय नेपाली संघले जनाएको छ।  

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ।  

बिभिन्न दात्री संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ।  

हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाण्डौबाट गन्तब्यसम्म पुग्न निशुल्क बस भाडा श्वरुप आर्थिक सहयोग समेत गरेको छ । सँघले देशका सातै प्रदेशमा १४ लाख रुपैया बराबारको स्वास्थ्य सामग्री हस्तात्तरण गरेको छ ।