गलत रगत चढाइँदा मृत्यु : परिवारले अझै न्याय पाएनन्
खबर एक्सप्रेस
२०७६-०७-०६ ११:०० मा प्रकाशित
Total Shares: 663
काठमाडौं - गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन् । तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन् ।
मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया भएको थियो । वैशाख १३ गते अस्पतालले बालिकाको मृत्यु भएको घोषणा ग¥यो ।
तर, बालिकाको आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘ओ’ पोजेटिम रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस