निजी स्कूलहरूको घोषणा– भोलिदेखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी बिदा
काठमाडौं - निजी तथा आवासीय विद्यालयहरूका छाता संगठन प्याब्सन र एनप्याब्सनले भोलिदेखि सम्पूर्ण वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगन गर्ने घोषणा गरेका छन् ।
आफूहरूको माग सम्बोधन गर्ने सम्बन्धमा यही असार २१ गते भएको भद्र सहमति एक साता बितिसक्दा पनि पालन नभएकाले साउन १ गतेदेखि 'अनलाइन क्लास' पठाउन छाड्ने घोषणा प्याब्सन र एनप्याब्सनले गरेका हुन् ।
साथै उनीहरूले भोलिदेखि नै सम्पूर्ण शिक्षक र कर्मचारीलाई बेतलबी बिदामा राख्ने घोषणा पनि गरेका छन् ।
कोरोना महामारी र सरकारद्वारा घोषित लकडाउनका कारण शिक्षण संस्थाहरू करीब साढे ३ महिनादेखि बन्द छन् । यसबीचमा कतिपय निजी विद्यालयहरूले अनलाइन माध्यमबाट पठनपाठन गर्दै आएका छन् ।
हेर्नुहोस्, विज्ञप्ति :
फेसबुक पेज Like गर्नुहोस