सर्लाहीमा एसएसपीलाई खटाउने हेडक्वाटरको तयारी
सर्लाही - प्रहरी प्रधान कार्यालयले सर्लाही जिल्लामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) खटाउने तयारी गरेको छ ।
स्रोतका अनुसार उच्चस्तरीय राजनीतिक प्रतिस्पर्धा र सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै चुनाव अवधिभर अतिरिक्त सुरक्षा नेतृत्व पठाउन लागिएको हो ।
यसपटक सर्लाहीमा नपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतका केन्द्रीय नेताहरू चुनावी मैदानमा छन् ।
विशेषगरी सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ लाई अत्यन्तै संवेदनशील क्षेत्रका रूपमा हेर्न थालिएको छ ।
सर्लाही–४ मा कांग्रेस सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंह र नेकपा एमालेका उम्मेदवार अमनकुमार यादबबीच कडा प्रतिस्पर्धा रहेकाले सुरक्षा चुनौती थपिएको छ ।
हाल सर्लाही जिल्लाको प्रहरी कमाण्ड प्रहरी उपरीक्षक (एसपी) ले सम्हालिरहेका छन् । सर्लाही मात्र नभई झापा लगायत केही अन्य उच्च संवेदनशील जिल्लाहरूमा पनि एसएसपी खटाउने सम्भावना रहेको स्रोत बताउँछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस