परराष्ट्रमन्त्री बन्दै सेनाका पूर्वरथी वालानन्द शर्मा
खबर एक्सप्रेस
२०८२-०९-११ ०१:४७ मा प्रकाशित
Total Shares: 81
काठमाडौं - नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आउन जम्मा दिन महिना बांकी रहेका बेला आफुले सम्हालेको परराष्ट्रमन्त्रालयमा शर्मालाई ल्याउने तयारी गरेकी हुन्। शर्माको आजै दिउँसो २ बजे शपथग्रहण तय भएको स्रोतले जनाएको छ ।
पाँचौ पटकको मन्त्रीपरिषद विस्तारसँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।
वालानन्द शर्मा पहिले नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र संघ (यूएन) मा फोर्स कमाण्डर थिए।
त्यसैगरी, उनी सेना समायोजन विशेष समितिको संयोजक समेत रहिसकेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस