संविधानलाई उल्लंघन गरी अराजकताको जगमा सरकार गठन हुन सक्दैन
काठमाडौं - पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ फर्काएका छन् ।
जवाफ फर्काउँदै उनले भदौ २४ मा अराजकता मच्चाउनेहरुले नै अहिले राज्यसत्ता कब्जा गरेको आरोप लगाएका छन् ।
सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको भन्दै त्यसलाई बदर गरी पुनस्स्थापनाको माग गर्दै अधिवक्ता युवराज सफल, शेरबहादुर रोकायाले दायर गरेको रिटमा सर्वोच्चले तत्कालीन प्रधानमन्त्री ओलीसँग जवाफ माग गरेको थियो ।
त्यसको जवाफ फर्काउँदै ओलीले सरकार गठन र प्रतिनिधिसभाको विघटन भदौ २३ र २४ गतेको आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएकोले अहिलेको अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।
ओलीले प्रधानमन्त्री शुसीला कार्कीको नामै किटेर उनी र उनका मन्त्रिपरिषदका सदस्यहरुले राज्यसत्ता कब्जा गर्ने काम गरेको आरोप लगाएका हुन्।
ओलीले सर्वोच्चमा बुझाएको लिखित जवाफमा भनेका छन्–‘अराजक अवस्थाको सृजना गराई सुशिला कार्की तथा उनको मन्त्रिमण्डलका सदस्यहरुले राज्यसत्ता कव्जा गर्ने दृष्य÷अदृष्य काम गरेको कुरा श्रृजित घटनाक्रमवाट पुष्टि भएको छ ।’
संविधानको धारा ७६ बमोजिम नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुपर्नेमा संविधान विपरीत सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीस सुशीला कार्कीलाई नियुक्ति गर्नु संविधान विपरीत भएको जवाफमा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस