एजेन्सी - अफगानिस्तानमा शक्तिशाली बम विस्फोटमा परी ४३ जनाको ज्यान गएको छ ।

मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । घटनामा कम्तीमा अरु ६८ जना घाइते छन् । उनीहरु सबैको अवस्था गम्भीर छ । हमलाकारीले विस्फोटक पदार्थले भरिएको एउटा कार राजधानी काबुलको व्यस्त सडकमा विस्फोट गराएका थिए ।

विस्फोटपछि हमलाकारी र सुरक्षाकर्मीबीच केहीबेर दोहोरो भिडन्तसमेत भएको थियो । विस्फोटपछि आक्रमणकारी एक निर्माणाधीन बंगलाभित्र छिरेका थिए । सुरक्षाकर्मीले घरलाई घेरा हालेर राखेका छन् । यसैबीच घटनाको जिम्मेवारी तालिवानले लिएको छ