निर्वाचन आयोगले छाप्न थाल्यो प्रत्यक्षतर्फको मतपत्र
खबर एक्सप्रेस
२०८२-१०-१२ ०७:३५ मा प्रकाशित
Total Shares: 51
काठमाडौं - आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।
सोमबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत अधिकारीहरूले मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण गरे ।
निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु भएको जानकारी दिए ।
मतपत्र छाप्ने काम करिब १५ दिनभित्र सम्पन्न हुने उनले बताए । मतदानअघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी गरेको उनको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस