'साहो'को पहिलो दिनको कमाइ कति ?
खबर एक्सप्रेस
२०७६-०५-१५ ११:०० मा प्रकाशित
Total Shares: 787
काठमाडौं - प्रभास अभिनित एक्सन थ्रिलर साहो' ले रिलिजको पहिलो विश्वव्यापीरूपमा १३० करोड भारूको कमाइ गरेको छ।
हिन्दी, तमिल, तेलेगु तथा मलयालम गरी साथ भाषामा १० हजार पर्दामा एकसाथ रिलिज भएको सिनेमाले पहिलो दिन यो कमाइ गरेको हो।
सिनेमाले हिन्दी संस्करणमा २४.४० करोड भारू कमाइ गरेको छ।
यो कमाइसँगै सिनेमामा हिन्दी भाषामा यस वर्ष सर्वाधिक पहिलो दिनको कमाइ गर्ने तेश्रो सिनेमा बनेको छ। रिलिज दिन सलमानको 'भारत'ले ४२.३० करोड कमाएको थियो भने अक्षय कुमारको 'मिशन मंगल' २९।१६ करोड भारू कमाएको थियो।
सुजिथ निर्देशित सिनेमा प्रभासका अलावा ज्याकी श्राफ, श्रद्धा कपुर, निल नितिन मुकेश आदिको मुख्य अभिनय रहेको छ।
फेसबुक पेज Like गर्नुहोस