राप्रपाकी सांसद कञ्चन विच्छालाई पार्टी र सांसदबाटै हटाउन सिफारिस
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुशासन समितिले मधेस प्रदेशकी नवनियुक्त मन्त्री कञ्चन विच्छा शाहलाई प्रदेश सभा सदस्य (सांसद) र पार्टीको साधारण सदस्यसमेत पनि नरहने गरी कारबाही सिफारिस गरेको छ ।
पार्टीलाई कुनै पनि जानकारी नगराई एमाले नेतृत्वको मधेस सरकारमा मन्त्री भएको भन्दै उनीमाथि कारबाही सिफारिस भएको हो ।
शाहलाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले समेत सरकारबाट फिर्ता आउन निर्देशन दिएका थिए ।
राप्रपा अनुशासन समितिले उनलाई कात्तिक २५ गते २४ घन्टे स्पष्टीकरणसमेत सोधेको थियो ।
विच्छामाथि अनुशासन समिति सचिवसमेत रहेका कोशी प्रदेश सभा संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले स्पष्टीकरण सोधेका थिए ।
विच्छा समानुपातिक तर्फकी सांसद हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस