कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र
खबर एक्सप्रेस
२०७८-०२-१५ १२:४४ मा प्रकाशित
Total Shares: 395
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाएकी छन् ।
अमेरिकास्थित नेपाली राजदूत डा। युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।
अमेरिकाले विभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरेको हो ।
अमेरिकासँग ५० लाख खोप खरिदको प्रक्रिया अगाडि बढेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार जानकारी दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस