रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने
काठमाडौं - रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले शुक्रबार साझा पार्टीले उक्त निर्णय गरेको जानकारी दिए । ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भने झैँ पृथ्वीनारायण शाहले नेपाल राज्यको निर्माण नगरिदिएको भए आज हामी के हुन्थ्यौँ अनुमान गर्न कठिन छ,’ साझा पार्टीले भनेको छ ।
नेपालको विविधताको जगमा राष्ट्रिय एकतालाई सवल बनाउने मार्गदर्शक सुत्रका प्रणेता पृथ्वीनारायण शाहको दुरदर्शिता र दिव्य उपदेश समृद्ध नेपाल निर्माणका लागि अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उक्त पार्टीले जनाएको छ ।
साझा पार्टी सरकारलाई नेपाली रूपैयाँमा पृथ्वी नारायण शाहको फोटो अंकित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको फोटो राख्न निर्देशन जारी गर्न आग्रह समेत गरेको छ ।
देश, विदेशमा रहेका सबै नेपाली तथा साझा पार्टीका सम्पूर्ण इकाइलाई हरेक वर्ष पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन पनि साझा पार्टीफे आग्रह गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस