घाँस काट्न गएका एउटै गाउँका ८ किशोरी बेपत्ता
खबर एक्सप्रेस
२०७७-१२-१८ ०९:०० मा प्रकाशित
Total Shares: 245
काठमाडौं,बर्दीवास - महोत्तरी जिल्लाको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएका छन् । मंगलवार करिब दिउँसो २ बजे घाँस काट्न गएका उनीहरू बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एकै टोलका हुन् ।
उनीहरू बेपत्ता भएको खबरले अहिले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित प्रहरी किशोरीको खोजी कार्यमा जुटेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस