‘सरकार गठनमा दलको ह्विप लाग्दैन, समर्थन पनि चाहिँदैन’
खबर एक्सप्रेस
२०७८-०३-०९ ०१:२१ मा प्रकाशित
Total Shares: 253
काठमाडौं - संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी छ ।
अहिले वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरिरहेका छन् । उनले बहसका क्रममा संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने तर्क गरे ।
रिट निवेदक पक्षबाट बहस गर्दै उनले संविधानको धारा ७२ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउने भएपनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको बताए ।
७६ को उपधारा ५ अनुसार सरकार गठन हुन दलको ह्विप नलाग्ने उनले तर्क गरे । ‘संविधानको धारा ७६(२) बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन। ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन ।’ यादवले भने ।
फेसबुक पेज Like गर्नुहोस