ऋतिक रोशन बने विश्वकै ‘ह्यान्सम’ पुरुष
खबर एक्सप्रेस
२०७६-०४-३० ११:०० मा प्रकाशित
Total Shares: 768
काठमाडौं - बलिउड अभिनेता ऋतिक रोशनले विश्वकै सुन्दर पुरुषको उपाधि जितेका छन्। यसअघि एसियाकै सुन्दर पुरुष बनेका ऋतिकले विश्वका पाँच सुन्दर पुरुषमध्ये उत्कृष्ट ठहरिँदै विश्व सुन्दर पुरुषको उपाधि पाएका हुन्।
उनले ‘टप ५ मोस्ट ह्यान्सम म्यान इन द वर्ल्ड २०१९’मा शीर्ष स्थान हासिल गरेका छन्। टाइम्स अफ इण्डियाका अनुसार ऋतिकले क्रिश इभान्स, डेभिड ब्याकहम, रोबर्ट प्याटिन्सन, सलमान खान, ट्रम कुज लगायतलाई प्रतिस्पर्धामा उछिनेका थिए। उनी एक्टरका साथै डान्सर पनि हुन्।
फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा राम्रो कारोवार गरेपछि ऋतिक अहिले पारिवारिकसँग समय विताइरहेका छन्। उनी आगामी फिल्ममा टाइगर श्राफसँग एक्सन अवतारमा देखिँदैछन्।
फेसबुक पेज Like गर्नुहोस