काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (माघ १८) बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको छ ।

निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाइएको छ । पेट्रोल र खाना पकाउन एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।