काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

हिजो रिहा भएका रविले चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेपछि उनी केहीबेरअघि काठमाडौं आइपुगेका हुन् ।

सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै पार्टी संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

लामिछानेले विमानस्थलबाटै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने बताइएको छ ।

त्यस्तै, उनलाई पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।