काठमाडौं - १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपालले अहिलेसम्म २७ वटा स्वर्ण पदक जितिसकेको छ।
१३औँ सागको तेस्रो दिन बुधबार कुमुतेको ६८ केजी तौल समूहमा अनुपमा मगर र उसुको पुरुष थाउलोतर्फ दीपक हमालले स्वर्ण पदक जितेका छन्। कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ ।
साइक्लिङको पुरुष-महिला दुवै इभेन्टमा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।
नेपालले सागको दोस्रो दिन सोमबार १५ वटा, मंगलबार ८ वटा र बुधबार ४ वटा गरि जम्मा २७ वटा स्वर्ण जितिसकेको छ ।

.gif)


