हाइड्रोको उद्घाटनमा हिंडेका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किए
काठमाडौं - सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किएका छन् ।
मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् ।
कैलाली जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन कार्यक्रममा जाने क्रममा कार्की चढ्ने से १ झ ३३० र पाल चढ्ने बा २ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
दुर्घटानामा मानवीय क्षति नभए पनि गाडीमा भने क्षति भएको प्रहरीले जनाएको छ । सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस