काठमाडौं - बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थी योमन चन्द सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अनुसार, युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी इन कम्युनिकेसन्स एण्ड इन्फरमेसन इन्जिनियरिङ अध्ययनरत २६ वर्षीय चन्दको मंगलबार बिहान निधन भएको हो ।