काठमाडौं - चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी प्रधानमन्त्री शेरबहादुर देउवा निवास जाँदैछन् । प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएपछि डा.केसी प्रधानमन्त्री निवास वालुवाटार जान लागेका हुन् । 

डा.केसीका सहयोगी प्रीतम सुबेदीले प्रधानमन्त्री देउवासँग डा.केसीका पाँच बुँदे मागका सन्दर्भमा अहिले साँझ पाँच बजे छलफल हुने बताए । डा.केसीको अन्सनकाे अल्टिमेटम सकिन अब दुई दिन बाँकी छ ।