बालेनले पार्टी खोल्दैनन्, गृहमन्त्रीको राजीनामा पनि मागेका छैनन् : प्रधानमन्त्री कार्की
काठमाडौं - काठमाडौं महानगरपालिका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न दबाब दिएको खुलेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बेलुका सम्पादकहरुसँगको भेटमा बालेनले ओली र लेखकलाई कारवाही गर्न दबाब दिएको बताएकी हुन् ।
उनले भनिन्, ‘बालेनलाई मैले छोरो भन्छु ऊ चाहिँ दिदी भन्छ । हामी बोलेको सुन्दैन । ऊ खाली ओली र लेखकलाई किन कारबाही नगरेको भन्छ । हामी कानुन देखाउँछौँ ।’
यस्तै प्रधानमन्त्री कार्कीले बालेनले आफ्ना नसुन्ने गरेको गुनासो गरिन् । बालेनको प्रसंगमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ, उसको बानी फरक छ, भदौ २३ गतेको दमनकारीलाई किन पक्राउ नगरेको भन्छ, मलाई जहाँसम्म लाग्छ उ पार्टी खोल्ने खालको मान्छे होइन ।’
सम्पादकहरूको जिज्ञासामा शुक्रबार साँझ प्रधानमन्त्रीले भनिन्, ‘बालेनसँग ५–६ पल्ट भेट भइसकेको छ । म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो । आज बिहान पनि फोनमा कुरा भएको थियो । साथै प्रधानमन्त्री कार्कीले बालेनले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस