काठमाडौं - इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै "नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने सु्वर्ण अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि.भी समेत जित्न सकिने व्यवस्था गरिएको छ ।

उक्त योजना अन्तर्गत गोदरेजका विभिन्न सामानहरु जसमा रेफ्रिजीरेटर खरिदमा २८,९०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा १५,३०० रुपैयाँ सम्मको, मैक्रोवेभ ओवन खरिदमा ७,५०० रुपैयाँ सम्मको, एअर कुलरको खरिदमा ५,२०० रुपैयाँ सम्मको क्यास ब्याक र एसिमा रु ४,००० रुपैयाँ बराबरको निशुल्क एसि जडान प्राप्त गर्न सकिनेछ । साथसाथै गोदरेजले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै निशुल्क होम डेलीभरी पनि प्रदान गर्नेछ। 

गोदरेजका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहार मा सहभागी गराउन जिओडिएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस्.एम.एस् गर्नुपर्ने कम्पनिले जनाएको छ । कम्पनीले यो योजना भाद्र ३०, २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ । गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गत सिजी इओएल रहेको छ ।