काठमाडौं - नेपाल ल्युब आयल लिमिटेडले ३० औं वार्षिक साधारण सभा बोलाएको छ । हालै बसेको कम्पनीको सञ्चालक समितिको ३५८ औं बैठकले असोज १८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । 

साधारण सभामा आव २०७७/७८को मुनाफाबाट शेरधनीलाई ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । साथै, हालका लेखा परिक्षकलाई पुन नियुक्त गर्नसक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले साधारण सभाको लागि कम्पनीको शेयर दाखिला खारिजको काम असोज ६ गतेदेखि १८ गतेसम्म बन्द रहने जानकारी दिएको छ ।