काठमाडौं - सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् ।

पुर्व मेयर बालेन शाहले रास्वपासँगको एकताअघि तामाङलाई बोलाएर सामानुपातिकमा प्रस्ताव गरेका थिए । तर, तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

त्यसपछि आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन् ।

उक्त प्रस्तावमापछि आशिका आफनै जन्म थलो धादिङ-१ बाट रास्वपा उम्मेदवार बनेकी हुन् । उनको प्रस्तावमा तीनजना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेत समेटिएको छ ।

चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्लो केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छिन् । फाउण्डेशन नै खोलेर सामाजिक गतिविधिमा लागेकी तामाङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई दाताहरूमार्फत सहायता गरेकी छन् ।