काठमाडौं-साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावास अगाडि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

सञ्चारमाध्यमका अनुसार दूतावास भवनमा आक्रमण गर्ने बन्दुकधारी पनि गोली हानाहानमा मारिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सोही क्रममा गोली लागेर गम्भिर घाइते भएका एक नेपाली सुरक्षा गार्डको पनि मृत्यु भएको छ ।

घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको मक्का प्रहरीले जनाएको छ ।