संवैधानिक इजलासमा रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय
खबर एक्सप्रेस
२०७८-०२-१४ १२:४८ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदकलाई बहस गर्न १० मिनेटको समयसीमा निर्धारण गरिएको छ ।
इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् । यद्यपी, वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन । इजलासमा अहिले रिट निवेदक भण्डारीले बहस गरिरहेका छन् ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर विभिन्न ३० रिटमाथि सुनुवाइ सुरु भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस