प्रतिनिधि सभा विघटनको मुद्दा शुक्रबारलाई पेशी तोकियो
खबर एक्सप्रेस
२०७८-०२-११ ०४:५९ मा प्रकाशित
Total Shares: 385
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। सर्वोच्च अदालतको मुद्दा महाशाखाका अनुसार शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।
हरेक दिन बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ गरिने कार्यविधि रहेको छ। उक्त कार्यविधिअनुसार बुधबार सुनुवाइ हुनसक्ने भए पनि उक्त दिन सार्वजनिक बिदा परेकाले शुक्रबारलाई पेशी तोकिएको हो।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका १४६ जना सांसदले प्रतिनिधि सभा विघटनको विरुद्ध सोमबार रिट दर्ता गराएका थिए।
फेसबुक पेज Like गर्नुहोस