जिल्ला प्रशासन काठमाडौंको चेतावनी: निषेधाज्ञा उलंघन गर्नेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना
खबर एक्सप्रेस
२०७८-०२-१० ०४:१८ मा प्रकाशित
Total Shares: 341
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयन गराउन कडाई गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार एक सूचना जारी गर्दै कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएका छन् ।
अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस