काठमाडौं - सेवाग्राहीबाट घुस लिएको आरोपमा गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

मंगलबार उनीहरूलाई जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा कार्यालयबाटै पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

विशेष सुचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको कोइरालाले बताए । उनीहरूले कति लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।