राष्ट्रपति र प्रधानमन्त्रीको कदम क्षम्य हुनेछैन : झलनाथ खनाल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व-प्रधानमन्त्री झलनाथ खनालले राज्यलाई असफल पार्न राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र क्षम्य नहुने बताएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणा गरेपछि सामाजिक सञ्जालमा लेख्दै खनालले संविधानविरोधी, प्रतिगामी तानाशाही कदमको रुपमा चित्रित गरेका हुन्। उनले लेखेका छन्, ‘यो संविधानविरोधी, प्रतिगामी तानाशाही कदम हो। यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु।’
शुक्रबार मध्यरातमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटनसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी थिइन्।
फेसबुक पेज Like गर्नुहोस